भाेली सार्वजनिक विदा
कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले भाेली सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले भाेलि चैते दशैको दिन सार्वजनिक सार्वजनिक विदा दिएको हाे । गाउँपालिकाले आज एकसार्वजनिक सुचना जारी गरि उक्त विदा दिएको जानकारी गराइएको हो ।
चैत शुक्ल अष्ठमि अर्थात चैते दशैको दिन भोलि मंगलबार सार्वजनिक विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपाल केसीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
विदाको दिन भोलि बंगलाचुली गाउँपालिकाको गाउँ कार्यपालिका र मातहतका सबै कार्यालयहरु तथा शिक्षण संस्थाहरु बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीद्वारा जारी सुचनामा बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ १७:५९
प्रतिक्रिया दिनुहोस्