दाङ – आज महाशिवरात्रि पर्व मनाइदै छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी दाङसहित देशभर मनाइँदैछ । दाङको पाण्डवेश्वर मन्दिर धारापानि सहित देशभरका शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
दाङको धारापानिमा अस्ति देखि नै भत्तजन,साधुसन्त तथा व्यापारीहरुको चहलपहल सुरु भैसकेको थियो । आज पनि विहान ४ बजेदेि मन्दिरमा पुजा गर्ने भक्तजनहरुको घुइचो लागेको छ। घोराहीबाट धारपानी सम्म जाने सवारीलाई गुरगै हुदै र धारपानीबाट घोराही फर्कने सवारीलाई गुरुवागाँउ थारुगल्ली हुदै फर्कर्ने व्यवस्था मिलाइएको समितिका सचिव बिष्णुराम आचार्यले जानकारी दिनुभयो ।
आज धारपानी सम्म पुग्न घोराहीबाट अटोका लागी एकतर्फी ९० रुपैया र बस लगायत अन्य सवारीका लागि ५० रुपैया भाडा दर कायम गरिएको छ । मेलामा उच्छृङ्खल गतिविधि हुन नदिन जिल्ला प्रहरी,जिल्ला ट्राफिक कार्यालय,अस्थायी प्रहरी पोष्ट,जिल्ला प्रशासन,नेपाली सेनासंग समन्वय गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
यस्तै दाङको बंगलाचुली गाउँपालिकाको पनि विभिन्न शिवको मन्दिरहरुमा मेला लाग्ने गर्दछ । बंगलाचुलीको वडा नम्बर २ दार्मा वडा नम्बर ४ को जुम्लेपानी वडा नम्बर ५ को मुर्कुटि र वडा नम्बर ७ को रानिथुम्किमा महाशिवरात्रिको अवसरमा आज मेला लाग्दैछ ।