लुम्बिनी प्रदेशमा माघ २१ गते आईतवार सार्वजनिक विदा
दाङ- लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन प्रदेश भर विदा दिईएको हो ।
सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ । २१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरेको हो ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० १८:१८
प्रतिक्रिया दिनुहोस्