दाङः लुम्बिनी प्रदेशकाे दुई पदमा भएको राष्ट्रिय सभा सदस्यमा राेल्पाका झक्कुप्रसाद सुबेदी र गुल्मीका बिष्णुकुमारी सापकोटा निर्वाचित हुनुभएको छ । अन्य समुहमाबाट राेल्पा सुनिलस्मृती गाउँपालिका ६ निवासी सुवेदी र महिलाको तर्फबाट गुल्मी मुसिकाेट नगरपालिका ७ निवासी सापकोटा निर्वाचित हुन भएको हाे । सत्ता गठबन्धन सुवेदी माओवादी केन्द्र र सापकोटा नेपाली काङ्ग्रेसकाेकाे तर्फबाट निर्वाचित भएका हुन । सुबेदीले कुल ५ हजार ४ सय ३५ र सापकोटाले पनि ५ हजार ४ सय ३५ मतभार प्राप्त गरि बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयाे। यस्तै नेकपा एमाले तर्फबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ११ मतभार प्राप्त गर्नुभएको छ । भने एमालेकाे तर्फबाट दाङकी तुलसाकुमारी केसी २८सय ६७ मतभार प्राप्त गरेकाे पाण्डेकाे भनाइ छ । सुवेदी र सापकोटा २ हजार ४ सय २४ मतान्तरले बिजयी हुनु भएको थियाे ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशका ८७ जना सांसद सबैले मतदान गरेका थिए । यस्तै १०९ स्थानिय तहका २१८ मध्य २१६ जना मात्रै मतदान प्रकृयामा सहभागी जनाएका हुन । (जसपा) का बाँके नरैनापुर गाउँपालिका उपाध्यक्ष जयान्तीदेवी श्रीवास्तवले मतदान गर्ने दिन भुलेकाे र (लाेसपा) का रुपन्देही मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदादेवी उपाध्याय बिरामी पर्दा मतदान प्रकृयामा सहभागी नभएको निर्वाचन अधिकृत पाण्डेकोले जानकारी दिनु भयाे।।
प्रदेश सभा सदस्यकाे कुल मतभार संख्या ४ हजार ६ सय ११ र स्थानीय तहकाे मतभार ४ हजार १ सय ४२ रहेकाे छ । प्रदेशकाे मतभार संख्या ५३ र स्थानीय तहकाे मतभार संख्या १९ रहेकाे लुम्बिनी प्रदेश निर्वाचन अधिकारी लक्ष्मीदत्त कलौनीले जानकारी दिनुभयाे । प्रदेश सभा सदस्य ८७ र २१८ जना स्थानीय तहका प्रमुख उपप्रमुख गरी लुम्बिनी प्रदेशमा कुल ३०५ मतदाता रहेका रहेका छन् । यस मध्य २ जना अनुपस्थित थिए ।