बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन यही पुस २५ गते हुने
कमिरेचौर - बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन यही पुस २५ गते हुने भएको छ ।
बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको आज वसेको बैठकले हिउँदे अधिवेशनको मिति तय गरेको हो ।
गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।
मुख्यगरी गाउँसभाले आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँकार्यपालिकाको वैठकमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल लगाएतका कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८० २०:४८
प्रतिक्रिया दिनुहोस्