कमिरेचौरः पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’आज सकिँएको छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो ।
दाङको बंगलाचुली गाउपालिकामा अभियानको रिपोर्टिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँकमिटि अध्यक्ष डोमाकान्त कवर मगरको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अभियानका घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका संयोजक गुणेन्द्र घर्ति विज्ञानको प्रमुख आतिथ्यतामा अभियानको रिपोर्टिङ तथा प्रशिक्षण कार्यक्रमको सम्पन्न भएको हो।
कार्यक्रममा ३ महिने अभियानको बारेमा पार्टिका गाउँपालिकाका ८ वटै वडाका अध्यक्ष तथा इन्चार्जहरुले रिपोर्टिङ वडामा भएको कार्यक्रमहरुको बारेमा रिपोर्टिङ गर्नुभएको थियो । जसअन्तरगत वडा नम्बर २ बाट पार्टीका अध्यक्ष मेघराज राना, वडा न ३ बाट पार्टि इन्चार्ज हरिबहादुर घर्ति, ४ बाट टोमलाल घर्ति, ५ बाट कुस बहादुर पुन, ६ बाट रमा पुन, ७ बाट पार्टि अध्यक्ष दुर्गा समाल र ८ बाट झविन्द्र गाहाले रिपोर्टिङ गर्नुभएको थियो ।
रिपोर्टिङका क्रममा अभियानबाट पार्टिका कार्यकर्ताहरुमा धेरै परिवर्तन भएको बताइएको थियो ।अभियानबाट वडाहरुमा पार्टीको गतिविधि चलायमान राख्नुपर्ने पाठ शिकेको बताइएको छ र साथै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु निरन्तर जनतामाझमा पुग्नुपर्ने सुझाव दिइएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङ जिल्ला संयोजक तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, प्रदेश कमिटि सदस्य भक्त बहादुर वली, प्रदेश सल्लाहकार समिति सदस्य फनादर बुढा, जिल्ला सदस्य सबिराम कामि लागायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँकमिटी सचिव दामोदर खड्काले गर्नुभएको थिय । मंसिर १६ गते सम्मको लागि तोकिएको अभियान अभियान एक महिना थप गरेको थियो ।
अभियानको क्रममा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लगायतका कार्यक्रम गरिएको थियो ।
दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तक्र्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तक्र्रिया तथा तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिएका पार्टीले जनाएको छ ।