एमालेको जिल्ला अधिवेशन गर्ने मिति जेठ मसान्तसम्म सारियो
काठमाडौँ - नेकपा एमालेले जिल्ला र पालिका अधिवेशनको डेडलाइन (मिति) पछि सारेको छ । यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्न सर्कुलर गरेको एमालेले उक्त मिति सार्दै जेठ मसान्तसम्म पुर्याएको हो ।
बुधवार बसेको सचिवालय बैठकले जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्नेगरी मिति परिमार्जन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा प्रदेश अधिवेशनमा उम्मेदवार भएका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको जानकारी गराइएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्