दाङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ जिल्लामा भइरहेको विकास निर्माणको काम कुनै पनि बहानामा नरोक्न निर्देशन दिनुभएको छ।
सोमबार दाङ जिल्लामा भएको सरकारी कार्यालयका प्रमुखहरू सँग भएको भेटघाटमा मन्त्री शर्माले निर्माण भइरहेका विकासका कामकाे प्रगतिका बारेमा के कति सम्पन्न भयो , कति बाँकी छ , समय सीमा भित्र सक्ने के गर्न पर्छ लगायतका विषयमा कार्यालय प्रमुखहरू सँग जानकारी लिनु भएको थियो ।
कार्यक्रममा मन्त्री शर्माले सरकारले बजेट विनियोजित गरेका कामहरू तुरुन्तै अगाडि बढाउने ,भइरहेको विकास निर्माणका काम कुनै पनि बहानामा नरोक्ने , तोकेको समय सीमा भित्र निर्माण सम्पन्न गर्न सहयोग तथा सहजीकरण गर्न प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
दाङमा भइरहेका र हुन लागेका बिकास निर्माणका काममा तपाइहरूले सहजीकरण गर्दै समय सीमा भित्र काम सक्ने गरि प्रगति गर्न लाग्नुस् मन्त्री शर्माले निर्देशनात्मक आग्रह गर्नुभयो ।
भेटघाट कार्यक्रममा जिल्ला प्रमुख अधिकारी रामबन्धु सुवेदी , सडक डिभिजन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालय दाङका एस पि राम बहादुर के सी , जिल्ला समन्वय समिति दाङका प्रमुख, लगायतका सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।