Chauthoanga - Nepali News Media

काठमाडौं- सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

यसैगरी सभामुखले ‘विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक,२०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको