सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०७/८०को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हाे ।
नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रम लगायतमा केन्द्रित हुने बताइएको छ ।
सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ ०६:२९
प्रतिक्रिया दिनुहोस्