Chauthoanga - Nepali News Media
बंगलचुली गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर संम्पन्न.शिविरमा १ सय ५२ जनाको आखा जाँच र ४४ जनाको पाठेघरको जाँच

दाङ : दाङको बंगलचुली गाउँपालिकामा रहेको बंगलाचुली अस्पतालमा एक दिने स्वास्थ्य शिविर संम्पन्न भएको छ ।बंगलाचुली गाउँपालिकाको आयोजनामा निशुल्क पाठेघरको मुखको क्यान्सर (VIA) जाँच शिविर र लमहि आँखा अस्पताल को आयोजना तथा बंगलाचुली अस्पताको संमन्यमा  निःशुल्क  आँखा जाँच शिविर संम्पन्न भएको हो ।

शिविरमा १ सय ५२ जनाको आखा जाँच र ४४ जनाको पाठेघरको जाँच गरिएको छ । जसमा १ सय ८ जना महिला र ४४ जना पुरुषको आँखा जाँच गरिएको थियो । जसमा २० जनाको मोतियामिन्दुको अपरेसन गर्नु पर्ने भएको छ । भने १ जना महिलाको रिङप्रेसरी राखिएको बताईएको छ ।

3331653137365.jpg

बंगलाचुलि गाउपालिका अध्यक्ष तुलसिराम पुन मगर ( सुबास ) को अध्यक्षतामा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमा बोल्दै बंगलाचुलि का सबै नगरिकलाइ निः शुल्क स्वास्थ्य सेवा पुराउने आफुहरुले प्रयत्न गर्ने बताउनुभयो ।

साथै उहाँले  बंगलाचुलि का सबै नागरिलाइ निः शुल्क स्वास्थ्य विमा गराउने विषयमा निर्णया गरेको बताउदै आगामि दिनमा यहाँका सम्पुर्ण जनतालाइ निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरि आफुहरुले कार्ययोजना अगाडि बढाउने  बताउनु भयो  ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,डाक्टर सागर पौडेल,विमल घिमिरे लगाएतले बोल्नुभएको थियो । उक्त कार्यक्रमको सहजिकरण बंगलाचुलि गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक ईन्द्रा कुमारि घर्ति मगर ले गर्नु भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको