Chauthoanga - Nepali News Media
बंगलाचुलीका नव निर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण,गाउँपालिकामा एक घर एक धारा कार्यक्रम कार्यान्वयनमा ल्याउने
पदभार ग्रहण गर्दै बंगलाचुली गाउँपालकिका अध्यक्ष तुल्सीराम पुनमगर

दाङ:दाङको बंगलाचुली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्नुभएकोछ । निर्वाचन अधिकृतको कार्यालय बंगलाचुलीद्वारा गाउँपालिकामा आयोजित एक समाहोरहका विचनव निर्वाचित अध्यक्ष तुल्सिराम पुनमगर (शुवास) , उपाध्यक्ष भक्त बहादुर जिसी तथा वडा नम्बर एक देखि आठ सम्मका वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनियताको सपथ लिदै पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष पुनले बंगलाचुली गाउँपालिका रहेका प्रत्येक घरमा एक घर एक धारा कार्यक्रमलाई तिव्ररुपमा कार्यक्रममा ल्याईने निर्णय गर्नुभएकोछ । यस्तै सिमेन्ट उद्योगका गाडिहरु संचालन गर्न बैकल्पिक सडकको तुरुन्त व्यवस्था गर्ने,सहिद व्यपत्ता,घाईते द्वान्द पिडित,सिमान्तकृत,अति विपन्न परिवारलाई क्षात्रवृतिको व्यवस्था गर्ने,अति विपन्न घर धुरीलाई स्वास्थ्य विमा निशुल्क गर्ने,नगदे वाली कृषकहरुलाई मल विउ,विषादी,प्राविधिक सहयोग निशुल्क गर्ने,व्यवसायीक पशुपालक किसानालई निशुल्क पशु विमा गर्ने निर्णय गरिएकोछ ।

यस्तै सबै विद्यालयहरुमा क्रमस मन्टेस्वरी कक्षा संचालन गर्ने र व्यरोजगार युवाहरुलाई व्यवसायीक तालिमको व्यवस्था गर्ने निर्णय पनि गरिएकोछ ।सो कार्यक्रममा बोल्दै नव निर्वाचित उपाध्यक्ष भक्त बहादुर जिसिले बंगलाचुली गाउँपालिकाको विकासका लागि सबै पक्ष संग सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ ।

IMG_90161653095148.JPG

IMG_90181653095229.JPG

उहाँले निवर्तमान जनप्रतिनिधिहरुले गरेको कार्यको प्रशसंम्सा व्यक्त गर्दै उहाँहरुबाट पनि आगामि दिनमा साथ सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।कार्यक्रममा निवर्तमान अध्यक्ष भक्त बहादुर वलीले नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बंगलाचुलीको विकासका लागि आफुले सधै साथ सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै निवर्तमान उपाध्यक्ष यमुना थापा घर्तीमगरले बंगलाचुलीका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बंगलाचुली गाउँपालिकामा आफुहरुले पुरा गर्न नसकेका योजनाहरुको कार्यान्वयन गर्न शुझाव दिनुभयो ।

नव निर्वाचित अध्यक्ष तुल्सीराम पुनको अध्यक्षता एवं निवर्तमान अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेयले गर्नुभएको थियो ।  

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०६:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको