दाङः दाङमा पनि वर्षेनी महिला तथा बालिकामाथि हुने यौन हिंसाका बढ्दो क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चार बर्षको अबधिमा जबरजस्ती करणीका २ सय ६० मुद्धा दर्ता भएका छन् भने ५ सय ८५ जना महिला तथा बालिका पिडित भएका छन् ।
तथ्याङक अनुसार बितेको चार बर्षको अवधिमा १८ बर्ष भन्दा मुनिका १ सय ८५ बालिका पिडित भएका छन् । त्यस्तै १९ बर्षदेखि ३० बर्षसम्मका ६१ महिला, ३१ देखि ५० बर्षसम्मका ४४ महिला र ५१ बर्षमाथिका २ सय ९५ महिला पिडित भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक बर्ष २०७६÷७७ मा जबरजस्ती करणीका ४४ मुद्धा दर्ता भएका छन् । जसमा १८ बर्षमुनिका पिडित २८ जना रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै १९ देखि ३० बर्षसम्मका ९ जना, ३१ देखि ५० सम्मका ६, ५१ देखि ७० सम्मका एकजना पिडित रहेको देखिएको छ ।
त्यस्तै आर्थिक बर्ष २०७७÷७८ मा ८१ मुद्धा दर्ता भएका छन् । जसमा ५५ जना १८ बर्षमुनिका पिडित रहेका छन् । त्यस्तै १९ बर्षदेखि ३० बर्षसम्मका पिडितको संख्या २१ रहेको छ । त्यसैगरि ३१ देखि ५० बर्षसम्मका ८ जना पिडित भएका छन् भने ५१ देखि ७० बर्षसम्मका १ जना पिडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै आर्थिक बर्ष २०७८÷७९ मा जबरजस्ती करणीका ८३ मुद्धा दर्ता भएका छन् । जसमा १८ बर्ष मुनिका ५० जना रहकोको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै १९ बर्षदेखि ३० बर्षसम्मका पिडितको संख्या १२ रहेको छ । त्यसैगरि ३१ देखि ५० बर्षसम्मका १९ जना पिडित भएका छन् भने ५१ देखि ७० बर्षसम्मका ३ जना पिडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै बितेको आर्थिक बर्षमा ५२ मुद्धा दर्ता भएको छ । जसमा १८ बर्ष मुनिका पिडितको संख्या ५२ रहेको छ । त्यस्तै १९ बर्षदेखि ३० बर्षसम्मका पिडितको संख्या ५२ रहेको छ । त्यसैगरि ३१ देखि ५० बर्षसम्मका १९ जना पिडित भएका छन् भने ५१ देखि ७० बर्षसम्मका ११ जना पिडित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै बितेको चारबर्षको अबधिमा घटनामा संलग्न २ सय ३२ जना मानिस पक्राउ परेका छन् । जसमा १८ बर्षसम्मका ५१ जना, १९ देखि ३० बर्षसम्मका १ सय ७०, ३१ देखि ५० बर्षसम्मका ८७ र ५१ देखि ५० बर्षसम्मका २७ जना रहेका छन् ।
उहाँका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग बढ्नु, चेतनाको कमी, कुनै अपरिचित व्यक्तिसँग चाडै नजिक हुनुले पनि यौन हिंसाका घटना बढेका छन् । त्यस्तै अभिभाबकको कम निगरानी तथा अभिभाबकले भनेको नमानेर कुलतमा फस्दा पनि जबरजस्ती करणीका घटना बढेको हुनसक्ने उहाँले बताउनुभयो ।