दाङको लालमटिया आसपास सहित रुपन्देहिको , कपिलवस्तु क्षेत्रमा ठूलाे वर्षा, बाढीकाे जाेखिम
दाङः दाङको लालमटिया, रुपन्देहिको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।
यो क्षेत्र भइ बहने कोठी, वाणगङ्गा, सुरईलगायत खोलामा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान गरिएको छ ।
अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्को अनुमान छ । यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० ०८:२४
प्रतिक्रिया दिनुहोस्