दाङ - दाङ प्रहरीले १७ केजि चित्तलको जस्ताे देखिने सुकुटी सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लमही नगरपालिका वडा नम्बर ६ का ४५ बर्षका नुर बहादुर कुमाल, गढवा गाउँपालिका वडा नम्बर ६ का ३० बर्षका मनोज थापामगर र गढवा गाउँपालिका वडा नम्बर ६ कै ३१ वर्षका करण के.सीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङ्ले जानकारी दिएको छ ।
उनिहरुलाइ घोराही उप-महानगरपालिका वडा नं.-३ कुईरेपानी जंगलमा सडकमा सवारी साधनहरुलाई चेक जाँच गर्ने क्रममा लमही देखी घोराही तर्फ आउदै गरेको रा २ प ६१९५ र बा ९१ प ११०७ नम्बरको मोटरसाईकलबाट नियन्त्रणमा लिईएकाे हाे । चेकजाँच गर्दा उनिहरु सवार माेटरसाईकलमा चितलको मासु जस्तो देखिने सुकुटी जन्य पदार्थ फेला पारेको जिल्ला प्रहरी दाङ्ले बताएको छ ।
उक्त बरामद गरिएको सुकुटी तौल गर्दा १७ के.जी. रहेको र थप अनुसन्धान का लागि प्रहरीले डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको छ ।