Chauthoanga - Nepali News Media
माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौँ- सत्तारूढ दल नेकपा माओवादी केन्द्रको बैठक आज आइतबार बस्दैछ। आज बस्ने बैठकमा केन्द्रीय समितिको एजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने एक नेताले बताउनुभयो ।  यसैगरी, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

शनिबार बसेकाे पदाधिकारी बैठकमा‍ केन्द्रीय समिति बैठकका सम्बन्धमा छलफलमा भएकाे थियाे।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनको तयारीका सम्बन्धमा छलफल भएको थियाे।

माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि राजधानीमा सुरु हुँदैछ। बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सयको सङ्ख्यामा सहभागिता रहने माओवादीले जनाएको छ। केन्द्रीय समिति बैठक अगाडि स्थायी समिति बैठक बस्नेछ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको