दाङ - जंगली च्याउ खादा दाङमा एकै घरका दुईजना विरामी परेकाछन् । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर एक स्युजा निवासी एकै घरका आमा छोरा बिरामी परेका हुन् ।
च्याउ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्वर एक स्युजा निवासी ३८ वर्षीय यमा कुमारी कवर वली र उहाँको १२ वर्षीय छोरा यकिन वली विरामी भएको वडा अध्यक्ष विष्णु कुवरले जानकारी दिनुभयो ।
च्याउ खाएर विरामी परेका आमा छोरा दुवैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा प्राथमिक उपचार पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तुलसीपुरमा उपचार गराए पछि उनिहरु आज घर फर्केको अध्यक्ष कवरले जानकारी दिनुभयो ।
हिजो शुक्रवार उनिहरुले स्थानिय जंगलबाट सल्लेउ जातको च्याउ र अर्को नाम थाहा नभएको दुईथरी च्याउ पकाएर खाएका थिए । च्याउ खाएपछी एकाएक पेट दुख्ने, बान्ता हुने रिगाटा लागेर वेहोस नै भएको वडा अध्यक्ष कवरले जानकारी दिनुभयो ।
वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ। पुरानो रूखको ठुटो, पत्कर वा खुला चौरमा च्याउ उम्रिन्छ । धेरैजसो त बाबुबाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जंगली च्याउ खोजेर खाने गरिन्छ । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन् । यसरी जथाभावी च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ ।
कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बचिन्छ । यद्यपि असावधानीवश हामी विषाक्त च्याउ खान पुग्छौँ ।
कसरी चिन्ने खान योग्य र अयोग्य च्याउ ?
जंगलमा पाइनेमध्ये कुन च्याउ खान हुने र कुन नहुने ? यसमा खासै द्विविधा छैन । सामान्य हिसाबले पनि खान नहुने र हुने च्याउ पहिचान गर्न सकिन्छ । च्याउ अनेक प्रजातिका हुन्छन् । यसमध्येबाट पनि च्याउको प्रकृति, रंग, स्वाद र गुण हेरेर चार भागमा विभाजन गरिएको छ ।
१. खान हुने
२. तीतो
३. विषालु
४. काम नलाग्ने
हेर्दा आकर्षक लाग्ने, रंगीन च्याउ विषालु हुन्छ । हलक्क र रहरलाग्दो देखिन्छ । खान नहुने च्याउ पहिचान गर्ने सामान्य विधि भनेको यी च्याउमा हत्तपत्त किरा लाग्दैन । निचोर्दा सेतो दूध निस्कन्छ ।
खान योग्य च्याउ
गाउँघरतिर वर्षेनी जंगली च्याउ खाने गरिन्छ । आफूले विगतदेखि नै खाइरहेको च्याउ पहिचान गरेर खानु उपयुक्त हुन्छ । नचिनेको वा त्यसअघि नखाइएको च्याउ सेवन गर्नुहुँदैन । बुढापाकालाई त जंगली च्याउबारे धेरै ज्ञान पनि हुन्छ । उनीहरूले पहिचान गरेको र खाँदै आएको च्याउ खान सकिन्छ । यद्यपि यस किसिमको च्याउ पनि कुनैबेला विषालु बन्न सक्छ ।
कृतिम च्याउ कति खान योग्य ?
अहिले बजारमा केही थरीका च्याउ पाइन्छ, जुन कृतिम ढंगले उत्पादन गरिएको हो । यस्तो च्याउ खान वर्षायाम कुरिरहनुपर्दैन, जुनसुकै सिजनमा पनि पाइन्छ । तर, कृतिम ढंगले उत्पादन गर्ने यी च्याउ कति खान योग्य हुन्छ ? यसबारे भने विचार गर्नुपर्छ । किनभने कृतिम ढंगले उत्पादन गर्ने च्याउलाई उमार्न, बढाउन, किरा लाग्न नदिन र भण्डारण गर्न विभिन्न औषधि एवं रसायनको प्रयोग गरिएको हुनसक्छ । खानेकुरामा प्रयोग गरिने यस्ता हानिकारक तत्वले हाम्रो शरीरलाई सोझै असर पुर्याउने भय रहन्छ ।
च्याउमा के पाइन्छ ?
च्याउ खानै नहुने कुरा चाहिँ होइन । यो स्वादिलो र पोषक तत्वले भरिपूर्ण हुन्छ । च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ, यसमा स्टार्च हुँदैन । त्यसैले यो खानयोग्य उत्पादनमै पर्छ ।
च्याउ के हो ?
यो एक प्रकारको वनस्पती हो । फूल नफुल्ने प्रजातिको । यो फन्जाइ वर्गमा पर्छ । च्याउ एक प्रकारको ढुसी हो । संसारमा तीन हजार ८ सय बढी प्रजातिको च्याउ पत्ता लागेका छन् । त्यसमध्ये एक हजार विषालु र दुई हजार खानयोग्य मानिन्छ । जबकि २ सय प्रजातिको च्याउ औषधीय गुणले भरिपूर्ण मानिन्छ ।