जनयुद्धका घाइतेकालागि स्याहार केन्द्र निर्माण गर्न बजेट आएको छ : मन्त्री मास्की
तुलसीपुर - लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जनयुद्ध तथा जनआन्दोलनका घाईत स्याहार केन्द्रको अध्ययन तथा निर्माणकालागि बजेट बिनियोजन गरिएको बताउनुभयो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.१३ स्थित शहीद स्मृति प्रवेशद्वावरको उद्घाटन गर्दै मन्त्री मास्कीले यस्तो स्याहार केन्द्रकालागि दुई करोज बजेट छुट्याएको जानकारी दिनुभयो
त्यस्तै शसस्त्र द्वन्दका क्रममा घाईते तथा अपाङ्ग भएकाहरुको उपचारकालागि ५० लाख, द्वन्दप्रभाबितलाई स्वरोजगारमा जोड्न २० लाख र शसस्त्र द्वन्दकाशहीद परिवारलाई स्वास्थ्य बीमाकालागि २० लाख बजेट छुट्याएको बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० १२:२९
प्रतिक्रिया दिनुहोस्