गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गयो
गुल्मी - गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गएको छ । मुसीकोट नगरपालिका वडा नम्बर १ काे नेटा सिम्लेका बेगबहादुर बलालकी छोरी टीका बलालको चट्याङ लागेर ज्यान भएको हाे ।
हिजाे बेलुका आफ्नै घरमा बसिरहेको बेला चट्याङ लाग्दा घाइते भएकी उनकाे उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भएको छ।
टीकालाई उपचारको लागि बाग्लुङकाे बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियाे ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १२:५८
प्रतिक्रिया दिनुहोस्