Chauthoanga - Nepali News Media
प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक, सीता दाहालको निधन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उहाँको  आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नुभएको छ  ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यानमा थलिनुभएको थियो । 

356367183_669929274486528_5265475900752640897_n1689133041.jpg

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको