Chauthoanga - Nepali News Media
राजनीतिक गतिरोध अन्त्यको लागि प्रधानमन्त्री सक्रिय, सिंहदरबारमा तिनदलका शिर्ष नेताहरुको बैठक

काठमाडौं - सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि यसको समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली छलफलमा जुट्नुभएको हो ।

एमाले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडानमा छ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

सभामुख देवराज घिमिरेले वार्ताबाट समस्या समाधान नभइ बैठक अघि नबढ्ने दलहरूलाई जानकारी गराइसक्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको