Chauthoanga - Nepali News Media
दाङको बंगलाचुली गाउँपालिका बन्यो पूर्ण खोपयुक्त पालिका

दाङ- दाङको बंगलाचुली गाउँपालिकालाई आज पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । गाउँपालिकालाई जिल्लाको दोस्रो खोपयुक्त तथा सुनिश्चितता पालिका घोषणा गरिएको हो ।दाङ जिल्लालाई नै पूर्ण खोपयुक्त तथा सुनिश्चितता घोषणा गर्ने गरी तयारी भइरहेका बेला बंगलाचुलीलाई खोपयुक्त पालिका घोषणा गरिएको हो ।यस भन्दा पहिले दाङको राप्ती गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भईसकेको छ । 

गाउँपालिकामा रहेका जन्मदेखि १५ महिनामुनिका बालबालिकाले नियमित सबै प्रकारका खोप पाइसकेकाले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्रा कुमारी घर्तीले जानकारी दिनुभो ।गाउँपालिकाभरिका सम्पूर्ण बालबालिका खोपको पहुँचमा पुगिसकेकाले पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्न सम्भव भएको उहाँले जानकारी दिनुभयव । 
 
गाउँपालिकाभित्रका करिब १९ सय ७३ बालबालिकाले सबै प्रकारका खोप पाइसकेका छन् ।बंगलाचुली गाउँपालिकामा जन्मदेखि १५ महिनामुनिका ४ सय ६६ जना र १६ देखि ५९ महिनासम्मका १५ सय ७ जना वालबालिकाले सबै खोप पाइसकेको स्वास्थ्य शाखा प्रमुख घर्तीमगरले जानकारी दिनभयो । 

बंगलाचुली गाउँपालिका अध्यक्ष एवं पालिका स्तरीय खोप समन्वय समिति संयोजक तुल्सीराम पुन मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका सभापती एंव दाङ जिल्ला खोप समन्वय समितिका संयोजक नित्यान्द शर्माको प्रमुख आतिथ्यमा गाउँपलिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले खोम कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकताको कार्यक्रम रहेको बताउँदै बालवालिकालाई राष्ट्रिय तालिका अनुसार सबैले पूर्ण खोप लगाउनु पर्ने बताउनु भयो । उहाँले राष्ट्रका विभिन्न अंगमा रहेका सबैले वालवालिकालाई खोपको दायरामा ल्याउनु दायित्व रहेको बताउनुभयो । 
बंगलाचुली गाउँपालिकाले आफ्नो तालिका अनुसार योजना वद्धरुपमा पूर्णखोप लगाउन सफल भएकोमा बधाई समेत दिनुभयो । यसैगरी कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुलीको स्वास्थ्य सूचकलाई वृद्धि गर्नका लागि आफुहरु निरन्तर लागि परेको बताउनुभयो । अध्यक्ष पुनले सबैको सहकार्यले पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्न सफल भएको बताउनु भयो । उहाँले खोप कार्यक्रमले बालवालिकामा सरुवा रोग र मृत्युदर नियन्त्रणमा पनि सघाउ पुग्ने भएको हुँदा यसलाई सबैले ध्यान दिएर आफ्नो बालबालिकालाई खोप लगाउनु पर्ने बताउनुभयो । 
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका खोपकार्यक्रम प्रमुख किशोर आचार्यले खोपका विषयमा जानकारी दिनुभएको थियो । उहाँले कार्यक्रममा खोपको फाईदा लगाएत विभिन्न क्षेत्रको बारेमा जानकारी गाराउने भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपशभापती चेतना चौधरी, बंगलाचुली गाउँपालिका वडा नम्वर दुईका अध्यक्ष मैते पुनमगर, चारका अध्यक्ष डाँस बहादुर डाँगी , पाँचका अध्यक्ष लिला बहादुर घर्ती, जिल्ला समन्वय समिति सदस्य जुनु घर्ती,बंगलाचुली गाउँपलिका गाउँ कार्यपालिका सदस्य सुमा घर्ती,नारायणी गिरी,वडा सदस्य लोक बहादुर खत्री, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । 
प्रस्तावित बंगलाचुली अस्पतालका सिअहेव अधिकृत नेव बहादुर केसीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख ईन्द्रा कुमारी घर्तीमगरले गर्नुभएको थियो । सो अवसरमा पालिका स्तरीय खोप समन्वय समिति संयोजक तुल्सीराम पुन मगरले वडालाई र दाङ जिल्ला खोप समन्वय समितिका संयोजक नित्यान्द शर्माले गाउँपालिकालाई पूर्णखोपयुक्त पालिका घोषणाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको