Chauthoanga - Nepali News Media
आज (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

 बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने उहाले जानकारी दिनुभयो  ।

सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले  विरोध जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको