Chauthoanga - Nepali News Media
साइबर सुरक्षा चुनौतीको रुपमा रहेको छ : मन्त्री शर्मा

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ। मन्त्री शर्माले सूचना प्रविधि नेपालमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेको तर यसलाई नियमन गर्ने गतिलो कानुन नहुँदा गलत प्रयोग हुने गरेको बताउनुभयो । उहाँले यसलाई रोक्नुपर्ने चुनौती समेत रहेको बताउनुभयो । 

दाङको घोराहीमा भएको सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौतीका रूपमा देखा परेको बताउनुभएको हो। 

साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुँदै गएको भन्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माण लागेको बताउनुभएको थियो। 

मन्त्री शर्माले साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुने खतरा रहेको बताउनुभयो ।  त्यसलाई नियन्त्रणका लागि सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माणमा लागेको समेत बताउनुभयो ।  सूचना तथा प्रविधिको दुरुपयोग गर्दै विभिन्न खालका अपराध बढेको  भन्दै मन्त्री शर्माले यसलाई रोक्नका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो। गलत प्रयोगका कारण बालबालिका, किशोर किशोरीदेखि आम नागरिक विभिन्न खालको फन्दामा पर्ने गरेको भन्दै मन्त्री शर्माले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोग सम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो। 

मन्त्री शर्माले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो। त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोग सम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने बताउनुभयो। 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको