दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ कालागि करिब ४० अर्ब बजेट प्रतुत गरेको छ । आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आज ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुजिगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट ल्याएको छ । त्यस्तै वित्तिय हस्तान्तरणका तर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट ल्याएको हो । जुन चालु तर्फ ३३.६८ प्रतिशत, पुजिगत तर्फ ५७.४५ प्रतिशत र वित्तिय हस्तान्तरण तर्फ ८.८७ प्रतिशत रहेको छ ।
आगामी बर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैँया प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड, बिशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक बर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ । चालु बर्ष २०७९/०८ मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो । तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको छ ।
प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादन हुने मदिरालाई बैधानिकता बनाउनका लागि पहल गर्न समेत बजेट बिनियोजन गरिएकोछ । आदिवासी जनजाति समुदायबाट परम्परागत सीपका आधारमा उत्पादित महुवा, अनदी, कोदो, मकै, जामुन, टिमुर, कुरिलोआदिको पेय पदार्थ र मदिरा उत्पादनमा आधुनिक प्रबिधिको प्रयोग गरि ब्राण्डिङ गर्न कानुनी ब्यबस्थाकालागि आबश्यक आद्योगिक प्रवर्दन कार्यक्रम गर्न १२ करोड, ८९ लाख बजेट गरिएको हो । जसबाट ७५ हजारलाई रोजगार पाउने अपेक्षा गरिएको छ ।
हेर्नुहोस् पूर्ण पाठ