लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमका विषयमा तिन दिन छलफल हुने
दाङ- लुम्बिनी प्रदेशमा केही दिन अघि सार्जनिक गरिएको नीति तथा कार्यक्रमका विषयमा तिन दिन छलफल हुने भएको छ । छलफल जेठ २९,३० र ३१ गते हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेशसभाको आज बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को संसदमा प्रस्तुत नीति तथा कार्यक्रम सम्बोधन गरेकोमा प्रदेश प्रमुख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारीत गरेको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना समर्थन गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारीत भएको हो । आगमी प्रदेशसभा बैठक २९ जेठमा दिउसो १ बजेदेखि बस्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १५:५६
प्रतिक्रिया दिनुहोस्