दाङ - लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको ५२ पृष्ठ लामो निति तथा कार्यक्रममा जनमुखि तथा महत्वाकाक्षी योजनालाई प्राथमिकता दिईएको छ । सरकारले यसपालीको बजेटमा आकर्षक नारालाई समेटेर निति तथा कार्यक्रम बनाएको छ ।
घरदैलोमा प्राविधिक सेवा:उत्पादनमा टेवा, श्रमको सम्मान: लुम्बिनी प्रदेशको अभियान, पढ्दै कमाउदै, कमाउदै पढ्दै , सीप सिकौँ दक्ष बनौँ जस्ता नाराहरु प्रदेश सरकारको निति तथाकार्यक्रममा देख्न पाईन्छ ।
सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिईएको छ । कार्यक्रममा व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ । सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।प्रदेश प्रमुख अमिक शेरचनले सरकारको निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
सरकारले सिप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जनमा वृद्धि, उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउने रणनीतिक प्राथमिकता केन्द्रित हुने गरी कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रम बनाएको छ ।
हेर्नुहोस् पूर्ण पाठ