Chauthoanga - Nepali News Media
बंगलाचुलीमा ६१ ‍औँ नर्स दिवस एक कार्यक्रम गरी मनाइयो , नयाँ कार्यसमिति पनि गठन
बंगलाचुलीमा ६१ ‍औँ नर्स दिवस एक कार्यक्रम गरी मनाइयो , नयाँ कार्यसमिति पनि गठन नेपाल नर्सिङ संघ बंगलाचुलीले पनि ६१ औ नर्स दिवस आज एक कार्यक्रम गरी मनाएको छ । बंगलाचुली गाउँपलिका भरका स्वास्थ्य संस्था मध्ये हासिपुर स्वास्थ्य चौकिमा कार्यरत जेष्ठ सदस्य सिनियर अनमी देविकला बुढा मगरको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसिराम पुन सुवासको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जि सिको विशिष्ट...
बंगलाचुलीमा शैक्षिक गुणस्तर विद्धिका लागि वृहत अन्तरक्रिया कार्यक्रम आयोजना
बंगलाचुलीमा शैक्षिक गुणस्तर विद्धिका लागि वृहत अन्तरक्रिया कार्यक्रम आयोजना बंगलाचुली गाउँपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर विद्धिका लागि वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाको शैक्षिक स्तरलाई बलियो बनाउनका लागि अन्तरक्रियाबाट ठोस योजना समेत निर्माण गरिने छ । बंगलाचुली गाउँपालिकाको समग्र शैक्षिक गुणस्तरलाई चुस्तराख्नका लागि वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले जानकारी दिनुभयो । 
बंगलाचुलीमा गाउँपालिका वडा नम्वर एक र चार जोड्ने ट्रसपुलको उद्घाटन सम्पन्न 
बंगलाचुलीमा गाउँपालिका वडा नम्वर एक र चार जोड्ने ट्रसपुलको उद्घाटन सम्पन्न  बंगलाचुली गाउँपालिकाको ४ लाख ७७ हजार २ सय ३८ नगद,उपभोक्ता समितको ७३ हजार ४ सय २१ र एसपिए कार्यक्रमको ३१ लाख २० हजार ४ सय ३ गरी जम्मा ३६ लाख ७१ हजार ६२ को लागतमा पुलको निर्माण गरिएको छ । सो पुलबाट बंगलाचुली गाउँपालिका वडा नम्वर ४ र १ का...
बंगलाचुली वडा नम्वर ३ र ८ जोड्ने लामिदिवाली जेमुरे ट्रस पुलको गाउँपालिका अध्यक्ष पुनद्वारा उद्घाटन
बंगलाचुली वडा नम्वर ३ र ८ जोड्ने लामिदिवाली जेमुरे ट्रस पुलको गाउँपालिका अध्यक्ष पुनद्वारा उद्घाटन बंगलाचुली गाउँपालिकाको ४ लाख ६७ हजार ७ सय ८० नगद,उपभोक्ता समितको ७१ हजार ९ सय ६६ र एसपिए कार्यक्रमको ३० लाख ५८ हजार ५ सय ६५ गरी जम्मा ३५ लाख ८८ हजार ३ सय १२ को लागतमा पुलको निर्माण गरिएको छ । सो पुलबाट बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र...
बंगलाचुलीमा स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेहरुको दर बढ्दै
बंगलाचुलीमा स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेहरुको दर बढ्दै दाङको बंगलाचुली गाउँपालिकामा स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेहरुको दर विस्तारै बढ्दै गएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बंगलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा घरमै सुत्केरी गराउने गरेकोमा अहिले समयको विकास क्रमसंगै स्वास्थ्य संस्थामै आएर सुरक्षीत वच्चा जन्माउनेहरुको संख्या बढेको उनिहरुको भनाई छ ।