बंगलाचुलीमा अपाङ्गता भएका व्यक्तिहरुको वर्गिकरण सेवा गाउँपालिका कार्यालय बाटै
मंगलबार, चैत १४, २०७९
दाङको बंगलाचुली गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरणको काम गाउँपालिकाको कार्यालय बाटै गर्न सुरु गरेको छ ।अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि बंगलाचुली गाउँपालिकाले पालिकाबाटै अपाङ्गता वर्गिकरण गरी परिचयपत्र दिन सुरु गरेको हो । अपाङ्ग परिचयपत्रका लागि डाक्टरको अपाङ्गता वर्गिकरण सिफारीस अनिवार्य रहेको र अपाङ्गता भएका व्यक्तिहरुलाई वर्गीकरणको सिफारिस लिन जिल्ला सदरमुकाम...
बंगलाचुली गाउँपालिकाले दियो चैते दशैको विदा
मंगलबार, चैत १४, २०७९
दाङको बंगलाचुली गाउँपालिकाले चैतेदशैको अवसरमा स्थानिय विदा दिने निर्णय गरेको छ ।बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कमिरेचौरको आज बसेको कार्यपालिका बैठकले चैते दशैको अवसरमा एक दिन स्थानिय विदा दिने निर्णय गरेको हो ।
सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने गाउँपालिका अध्यक्ष पुनको भनाई
शुक्रबार, चैत १०, २०७९
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर माथी उकास्न सकिने बताउनु भएको छ । उहाँले सहकारीलाई व्यवस्थितरुपा संचालन गर्दै उत्पादनमा जोड्न सके सहकारीको माध्यमबाट स्वरोजगार तथा आत्मनिर्भर बन्न सकिने बताउनु भएको हो । आज बंगलाचुली गाउँपालिकामा जिल्ला सहकारी संघ दाङले गरेको अन्तरक्रिया तथा ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा...
बंगलाचुली गाउँपालिमा ४ वर्षिया वालिका वलात्कार गर्ने व्यक्ति माथी कानुनी प्रक्रिया अगाडी बढ्यो
आइतबार, फागुन २८, २०७९
बंगलाचुली गाउँपालिका वडा नम्वर ८ मा एक वालिका वलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको छ । बंगलाचुली गाउँपालिकामा एक ४ बर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा घोराही उपमहानगर पालिका १८ का ३४ बर्षीय बिराज लम्साललाई पक्राउ गरेको हो ।
पक्राउ परेका लम्साल बिरुद्ध जवरजस्ती करणी शिर्षकमा मुद्दा...
जनता हिड्ने सडक कालोपत्रे गराउन दवाव दिँदा बंगलाचुली गाउँपालिका अध्यक्ष पुनलाई मुद्दा
बिहीबार, फागुन २५, २०७९
अन्तराष्ट्रिय श्रमीक महिला दिवस बंगलाचुलीमा विभिन्न कार्यक्रमगरी मनाईयो
बुधबार, फागुन २४, २०७९
११३ औँ अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा दाङको बंगलाचुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बंगलाचुली गाउँपालिकाको ८ वटै वडामा विभिन्न औपचारीक कार्यक्रमको आयोजना गरि श्रमीक महिला दिवस मनाईएको हो ।
बंगलाचुली गाउँपालिकाको ८ वटै वडा कार्यालयको आर्थिक सहयोग तथा वडामा क्रियासिल विभिन्न गैर सरहकारी संस्थाको आयोजनामा श्रमीक महिला दिवस...
शिक्षाको विकास संगै मानविय विकास आजको आवश्यकता :बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर
बुधबार, फागुन १७, २०७९
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले शिक्षाको विकास संगै मानविय विकास पनि आजको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले शिक्षा संगै मानविय विकास नहुँदा सम्म सम्मुनत समाजको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर तिनमा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारी दाङको ६२ औँ वार्षिक उत्सव समारोहमा बोल्दै...
माओबादी केन्द्र बंगलाचुलीले एक महिने संगठन विस्तार अभियान संचालन गर्ने
मंगलबार, फागुन १६, २०७९
नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपालिकाले पार्टीलाई चुस्तराख्नका लागि एक महिने संगठन विस्तार अभियान संचालन गर्ने भएको छ । पार्टीले बंगलाचुली गाउँपालिकाको ८ वटै वडाका टोल-टोलमा टोल कमिटी गठन,पुनर्गठन, जनवर्गिय संगठन निर्माण जस्ता काम गर्ने निर्णय गरेको हो । नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपार्टी कमिटिको मंगलबार आज कमिरेचौर मा सम्मपन्न भएको...