Chauthoanga - Nepali News Media
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने
दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने दाङको बंगलाचुली गाउँपालिकामा विभिन्न प्रजातिका सर्पहरुको अनुसन्धान गरिने भएको छ ।विगत लामोसमय देखि सर्पको खोज तथा उद्धार कार्यमा लागि अहिले सर्पहरुको वैज्ञानिक अध्ययनमा लाग्नुभएका घोराही निवासी वसन्त सुवेदीले गाउँपालिकाको आठवटै वडाहरुमा पाईने सर्पको अनुसन्धान गर्न लाग्नु भएको हो । 
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः  प्रचण्ड
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः  प्रचण्ड पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताउनुभयो ।
पूर्वमन्त्री शर्मालाई पितृशोक
पूर्वमन्त्री शर्मालाई पितृशोक पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माका बुवा दाङका बरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा आज निधन भएको छ ।
दाङ र काठमाडौंका सामुदायिक विद्यालय उत्कृष्ट
दाङ र काठमाडौंका सामुदायिक विद्यालय उत्कृष्ट राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ ।