Chauthoanga - Nepali News Media
दिउँसो सर्वदलीय बैठक बस्दै
दिउँसो सर्वदलीय बैठक बस्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
लुम्विनी, बागमती र गण्डकी केही स्थानमा अति भारी वर्षाको सम्भावना
लुम्विनी, बागमती र गण्डकी केही स्थानमा अति भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।
मुख्यमन्त्रीको आह्वान: लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई निम्तो
मुख्यमन्त्रीको आह्वान: लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई निम्तो लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गर्नु भएको छ । दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले `लुम्बिनी घुमाैं´ अभियानलाई व्यापक बनाउने उद्घाेष गर्नु भयाे ।