Chauthoanga - Nepali News Media
आज जेष्ठ नागरिक दिवस, दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाले जेष्ठनागरिकहरुलाई न्यानोकपडा वितरण
आज जेष्ठ नागरिक दिवस, दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाले जेष्ठनागरिकहरुलाई न्यानोकपडा वितरण आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानोकपडा (थर्मकोट सेट) वितरण गरेको छ ।दिवसको अवसर पारेर बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का ८० वर्षभन्दा माथिका ९ जना वयोवृद्धालाई आज न्यानो कपडा विवरण गरिएको हो ।
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फ एक लाख त्रिचालिस हजारभन्दा बढीको आवेदन
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फ एक लाख त्रिचालिस हजारभन्दा बढीको आवेदन दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् । 
आज ‘क्रिसमस डे’ मनाइँदै
आज ‘क्रिसमस डे’ मनाइँदै नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।  दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।...
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको  मुद्दामा  बहस सुरु
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सुरु क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको जबर्जस्ती करणीको मुद्दामा फैसला बहस सुरु भएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस आरम्भ भएको हो । सुरुमा जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ ।आजै फैसला आउने सम्भावना कम रहेको स्रोतले बताएको छ ।
माओवादीको विधान सम्मेलन फागुनमा
माओवादीको विधान सम्मेलन फागुनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी बैठकले पार्टीलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्न लागेको हो । फागुनमा विधान सम्मेलन सकिएको तीन महिनाभित्र महाधिवेशन गर्ने योजना पनि माओवादी केन्द्रको छ । 
कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १६ ‌औँ वार्षिक साधारण सभा सम्पन्न
कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १६ ‌औँ वार्षिक साधारण सभा सम्पन्न बंगलाचुली गाउँपालिका वडा नम्वर चारमा रहेको कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १६ ‌औँ वार्षिक साधारण सभा आज कमिरेचौरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्पता पौडेलको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।