Chauthoanga - Nepali News Media
जनयुद्ध दिवसमा बंगलाचुली गाउँपालिकाले दियो बिदा
जनयुद्ध दिवसमा बंगलाचुली गाउँपालिकाले दियो बिदा दाङको बंगलाचुली गाउँपालिकाले भोली फागुन एकगते सार्वजनिक बिदा दिएको छ।  बंगलाचुली गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली फागुन एक गते जनयुद्ध दिवसको अवसरमा मंगलबार पालिकाभर सार्वजनिक बिदा दिएको हो ।
विरामी भई थलिएकी भुमा अधिकारीको उपचारार्थ कोरिया पुगेका नेपाली युवाहरुद्वारा लाखौँ सहयोग
विरामी भई थलिएकी भुमा अधिकारीको उपचारार्थ कोरिया पुगेका नेपाली युवाहरुद्वारा लाखौँ सहयोग दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी भुमा अधिकारीको  उपचारका लागि दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले १ लाख ६३ हजार १ सय ५१ रुपैया सहयोग गरेका छन् ।
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिको आधार सुशासनलाई बनाउनुपर्ने बताउनुभएको छ ।  नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सरकारी, निजीलगायत हरेक क्षेत्रमा सुशासनको आधार तयार गरेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।