Chauthoanga - Nepali News Media
सांसदहरूलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन माओवादीको निर्देशन
सांसदहरूलाई संसद् बैठकमा अनिवार्य उपस्थित हुन माओवादीको निर्देशन माओवादी केन्द्र संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले पर्सी असार २८ गते शुक्रबार अर्थात् प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार विभागको कार्यालय प्रवेशमा कडाइ
वैदेशिक रोजगार विभागको कार्यालय प्रवेशमा कडाइ वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा प्रवेश कडाइ गरिएको छ । विभागमा अनावश्यक व्यक्तिहरू प्रवेश गर्दै सेवाग्राहीलाई अनेकन् प्रलोभन देखाउने गरेको पाइएपछि विभागले प्रवेशमा कडाइ गरेको बताईएकोछ । 
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु , तीन जना घाइते
रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु , तीन जना घाइते  रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो।
नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि होः मन्त्री शर्मा 
नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि होः मन्त्री शर्मा  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।  आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताउनुभएको हो ।