नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै
बिहीबार, भदौ १३, २०८१
अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलमा अलपत्र
बिहीबार, भदौ १३, २०८१
अवैध तरिकाले गएका १७६ जना नेपाली नागरिक ब्राजिलको साओ पाउलो विमानस्थलको ट्रान्जिट परिसरमा अलपत्र परेका छन् । अमेरिका लगिदिने मानव तस्करको प्रलोभनमा परेर उनीहरू ब्राजिलमा अलपत्र परेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरीकाको टेक्ससमा गोली हानी एक नेपाली युवतीको हत्या
बुधबार, भदौ १२, २०८१
टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएका नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो । २१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका आउनुभएको हो । उहाँ सो अपार्टमेन्टमा एक्लै बस्दै आउनुभएको जनाइएको छ ।
रामेछापमा पहिरोमा पुरीएरका ६ जनाको शव फेला
आइतबार, भदौ ९, २०८१
रामेछापमा पहिरोमा पुरीएरका ६ जनाको शव भेटिएको छ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएकामध्ये ६ जनाको शव भेटिएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।