Chauthoanga - Nepali News Media
एमालेका घिमिरे सभामुखका उम्मेदवार
एमालेका घिमिरे सभामुखका उम्मेदवार सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
सभामुख निर्वाचन : उम्मेदवारी दर्ता बुधबार
सभामुख निर्वाचन : उम्मेदवारी दर्ता बुधबार माघ ५ गते प्रतिनिधि सभा सभामुखको निर्वाचन हुँदैछ । सभामुख निर्वाचनका लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् ।
राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नु भएको छ । उहाँले उर्जा तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
बंगलाचुलीमा स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेहरुको दर बढ्दै
बंगलाचुलीमा स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेहरुको दर बढ्दै दाङको बंगलाचुली गाउँपालिकामा स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउनेहरुको दर विस्तारै बढ्दै गएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बंगलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा घरमै सुत्केरी गराउने गरेकोमा अहिले समयको विकास क्रमसंगै स्वास्थ्य संस्थामै आएर सुरक्षीत वच्चा जन्माउनेहरुको संख्या बढेको उनिहरुको भनाई छ ।