दाङको तुलसीपुरमा नबजात सिशुको शब फेला
सोमबार, माघ २३, २०७९
बंगलाचुली गाउँपालिकाको दक्षीणी भेगमा भईरहेको विद्युत विस्तारको अवस्थाको अवलोकन
शनिबार, माघ २१, २०७९
दाङको बंगलाचुली गाउँपालिकाको दक्षीणी भेगमा भईरहेको विद्युत विस्तारको अवस्थाको आज अवलोकन गरिएको छ । त्यस क्षेत्रका स्थानियको घरघरमा विद्युत पुराउने काम समयमै सम्पन्न गराउनका लागि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)ले अवलोकन गर्नुका साथै स्थानिय संग प्रत्यक्ष भेटगरी गुनासो सुन्नेकाम गर्नुभएको हो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर,नेपाल विद्युत...
सानो सङ्घर्षबाट जनताको अधिकार प्राप्त भएको होइन : प्रधानमन्त्री प्रचण्ड
शनिबार, माघ २१, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको बताउनुभएको छ । आदिवासी जनजाति आयोगले शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक...
९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ
बिहीबार, माघ १९, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले चौथोअंगलाई जानकारी दिनुभयो ।
विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती
बिहीबार, माघ १९, २०७९
आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन ।
पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको...
राष्ट्रपति चुनाव र गृह मन्त्रालयको विषयमा ओली र लिङ्देनसँग प्रधानमन्त्रीको छलफल
बुधबार, माघ १८, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग आज छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच गृह...